०५ साउन २०८२, सोमबार

चार वर्षीय कार्यकाल पूरा गरी बिदा हुदैँ राससका महाप्रबन्धक राई

काठमाडौं । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई आफ्नो चार वर्षीय कार्यकाल पूरा गरी बिदा भएका छन् । सोमबार राससले महाप्रबन्धक राईलाई सम्मानसहित विदाइ गरको हो । राई २०७८ असार १० गते राससको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक्त भएका थिए । उनले रासस छोड्ने क्रममा चार वर्षसम्म गरेको सबै कार्य राससको हितको लागि भएको भन्दै यसको विकास र समृद्धिकको लागि राससकर्मी र भावी नेतृत्वमा समन्वय, एकता र समझ्दारीको आवश्यकता रहेको बताए ।


उनले भने, ‘मैले राससमा जे जति काम गरे । ती सबै कार्य राससको हितमा गरे भन्ने मेरो बुझाई छ । मैले जानीजानी संस्थाको अहितमा कुनै काम गरिन, अन्जानमा गरेको भएपनि मेरो जानकारीमा छैन । आज रासस नेपाली मिडियाको लागि अपरिहार्य बन्दै गएको छ । यसको विकास र समृद्धिकको लागि राससकर्मी र भावी नेतृत्वमा समन्वय, एकता र समझ्दारीको आवश्यकता रहेको छ । यो कार्य आगमी नेतृत्वमा देख्न पाइयोस ।’ सो अवसरमा रासस व्यवस्थापन र राससका पेशागत सङ्घ सङ्गठनकोतर्फबाट महाप्रबन्धक राईलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

कार्यकाल पूरा गरी बिदा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]