Blurkart

२२ भाद्र २०८२, आइतबार

सरु संगीत राष्ट्रिय पुरस्कार कविता आलेलाई प्रदान

ललितपुर । टिकाथलीस्थित ‘लोकप्रिय सरु संगीत घर’ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार लोकगायिका तथा कलाकार कविता आलेलाई प्रदान गरेको छ ।

शनिबार आयोजित विशेष समारोहका विच आलेलाई २५ हजार नगद राशिसहितको उक्त पुरस्कार प्रदान गरिएको हो ।
लोक संगीतको क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि सक्रिय रहेकी आलेले मौलिक सिर्जनामार्फत विशिष्ट योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको लोकप्रिय सरु संगीत घरका प्रबन्ध निर्देशक डेनी निरौलाले जानकारी दिए ।

आफ्नी दिवगंत आमा सरस्वती निरौलाको नाममा गत वर्ष तीन लाख रुपैंयाँ राशिको अक्षयकोष खडा गरी पुरस्कार स्थापना गरिएको प्रबन्ध निर्देशक निरौलाले जानकारी दिए । बरिष्ठ संगीतकार दिपक जंगमलगायतले शनिबार उक्त पुरस्कार प्रदान गरेका हुन् ।

उक्त पुरस्कारका संरक्षक वरिष्ठ संगीतकार एवं गायक कोमल निरौलाका अनुसार सरु संगीत राष्ट्रिय पुरस्कारबाट हरेक वर्ष नेपाली गीत संगीत एवं वाद्यवादनका क्षेत्रमा स्थापित भइसकेका र ४० वर्षमाथिका महिला कलाकारहरुमध्येबाट छनोट समितिले छनोट गरी निर्णय गरेको व्यक्तित्वलाई पुरस्कार प्रदान गरिन्छ ।

सोही अनुसार उक्त पुरस्कार प्राप्त गर्ने लोकगायिका आले प्रथम व्यक्तित्व हुन् । वि सं २०१२ सालमा इलामको फाकफोकमा जन्मिनु भएकी आलेले पूर्वीय लोकभाकालाई नेपाली लोकसंगीतका क्षेत्रमा विशिष्ट पहिचान दिलाउन सक्षम रहनुभएको र अर्गानिक लोकसंगीत पस्कन सक्ने स्रष्टाका रुपमा स्थापित भएकाले उाको योगदानको उच्च सम्मान गर्दै पुरस्कृत गर्नका लागि छानोट गरिएकोे पुरस्कार छनोट समितिकी सदस्य गायिका लोचन भट्टराईले बताइन् ।

पुरस्कार प्रतिष्ठित कलाकार तथा समाजसेवी स्व.सरु (सरस्वती) निरौलाको स्मृतिमा उनका पति संगीतकार कोमल निरौला र परिवारले स्थापना गरेका हुन् ।

सरु संगीत राष्ट्रिय पुरस्कार
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]