०५ साउन २०८२, सोमबार

करोडौं खर्च भइरहेको विद्यालयको नतिजा निराशाजनक, १०६ मा ८९ फेल

सिरहा । गोलबजार नगरपालिकाको शैक्षिक दुर्दशा ज्यादै कहालाग्दो छ । शुक्रबार प्रकाशित एसईईको परीक्षाफल हेर्ने हो भने सामूदायिक विद्यालयहरुको शैक्षिक प्रगति रसातलमा पुगेको देखिन्छ ।

विगत सात वर्षदखि नमूना विद्यालयको हैसियतमा वार्षिक करोड रुपैयाँ भन्दा अधिक सरकारी अनुदान प्राप्त गरिरहेको जनता नमूना माध्यमिक विद्यालय चोहर्वाले निराशाजनक प्रदर्शन गरेको छ ।
उपरोक्त विद्यालयबाट एसईई परीक्षामा सामेल भएका १०६ जना विद्यार्थी मध्ये जम्मा १७ जना मात्र उत्तीर्ण भएका छन् । ८९ जना विद्यार्थी ननग्रेड अर्थात असफल भएका छन् ।

उत्तीर्ण भएका १७ जना मध्ये पनि १३ जनाले मात्र इच्छाएको विषय लिएर प्लस टु पढ्न पाउँछन् । बाँकी चार जनाको ग्रेडमा नाम निस्किए पनि निम्नस्तरको अंक प्राप्त भएको छ ।
यो परीक्षाफलले ८९ जना विद्यार्थीहरुको भविष्य गोलमाल बनाएको छ ।

शिक्षासँग सरोकार राख्ने स्थानीय बासिन्दा रामचन्द्र सिंह भन्छन् ,‘विद्यालयमा बग्रेल्ति शिक्षक छन् । तर पठनपाठन गतिलो छैन । शिक्षकहरु चोहर्वा दरवारको तावेदारी र एमालेको राजनीति गर्न मै व्यस्त छन् । अनि कसरी विद्यार्थी पास हुन्छन् त ?’,उनले थपे,‘चोहर्वा स्कूलमा सबै साधन र स्रोत हुँदा पनि पठनपाठन न्यूनस्तरको छ । चोहर्वा दरवारको इशारामा निम्नस्तरका शिक्षकहरु सरुवा गरेर ल्याएर थुपारिएको छ ।

कतिपय शिक्षकहरु नेताका मामा नाता पर्छन् र पढाउन छाडेर पार्टीको संगठन बनाउन हिँडछन् । अनि कसरी शैक्षिक गुणस्तर उकासिन्छ त ? चोहर्वा स्कूलको शैक्षिक उन्नयनका लागि यसलाई चोहर्वा दरवारको राजनीतिबाट मुक्त गराउनै पर्छ ।’
विद्यालयमा प्रधानाध्यापक ब्रह्मदेव महतोलाई रिजल्टबारे प्रतिक्रिया माग्दा उनले भने हाम्रो विद्यालयको रिजल्ट बिग्रिएको छ । खोइ के भनौ र ? बोल्ने बाटै छैन ।

विद्यालय
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]