
काठमाडौँ । १२ वर्षपछि थिमीमा नगदेश भैल प्याखँ पुनर्जीवित गरिएको छ। सोमबारदेखि चार दिनसम्म चल्ने यो तान्त्रिक नाच नेवार परम्परामा आधारित सांस्कृतिक प्रस्तुति हो ।
नाचमा देवीदेवताप्रति श्रद्धा व्यक्त गर्दै ख्वपा, पारम्परिक भेसभुसा र प्रतीकात्मक मुद्राहरू मार्फत सांस्कृतिक सम्पदा जोगाउने उद्देश्य राखिएको हाे ।
श्री नगदेश ऐतिहासिक सांस्कृतिक भैलः पुचःले आयोजना गरेको भैलः प्याखँमा यस वर्ष नगदेशका विभिन्न क्षेत्रमा र टोलमा भैरव नाच प्रदर्शन गरिनेछ ।