२८ साउन २०८२, बुधबार

चितवन खैरहनीका नापी कार्यालय प्रमुखमाथि मोसो छ्यापियो

२७, साउन, चितवन । चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालय कार्यालय खैरहनीका प्रमुख शालिग्राम लम्साललाई सेवाग्राहीका रुपमा आएका दुई युवाले मोसो छ्यापेका छन् ।

आज दिउँसो सेवाग्राहीका रुपमा कार्यालय प्रमुख लम्सालको छेउमा नै पुगेर उनीहरूले मोसो छ्यापेर भागेको प्रहरीले जनाएको छ ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले भागेका युवाहरूको खोजी कार्य थालिएको बताए ।

‘दुई जनाले आएर कालोमोसो छ्यापेर भागेछन्, उनीहरुको खोजी जारी छ,’ एसपी पुरीले भने, ‘पहिचान पनि भैसकेकोले चाँडै समातिन्छन् ।’

एसपी पुरीले किन उनीहरुले कार्यालय प्रमुख लम्सालमाथि कालोमोसो छ्यापे भन्ने बारेमा खुल्न नसकेको बताए । घटनाको बारेमा थप बुझ्ने क्रममा रहेको उनको भनाइ छ ।

चितवन
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]