
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आईटी दैनिक जनजीवनका लागि अपरिहार्य भइसकेको बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअल रूपमा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानिसको दैनिक जीवन र दिनचर्याका लागि इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक भइसकेको बताएका हुन् ।
आईटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेको उनको भनाइ छ । आईटीको प्रयोग देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई सभ्य, उन्नत बनाउन, देशमा सुशासन अझ सुदृढ गर्न, आईटीको प्रयोग सुशासनको सहयोगी, समाजको सहयोगीका रूपमा, भ्रष्टाचार नियन्त्रणका लागि सहयोगीका रूपमा, जनतालाई सेवा सुविधा पुर्याउने कुरामा सहयोगीका रूपमा आईटीको प्रयोग गर्न जरुरी रहेको बताए।
प्रधानमन्त्री ओलीले भने, ‘आईटी अनिवार्य आवश्यकता बनेको छ । हाम्रो विकासलाई आईटीले तीव्रता दिनुपर्छ ।’ प्रधानमन्त्री ओलीले इन्फरमेसन टेक्नोलोजीलाई मध्यनजर राखेर सरकारले आईटीलाई डिजिटल नेपालको नाराका साथ अघि बढाएको जिकिर गरे ।
प्रधानमन्त्री ओली