Blurkart

२३ भाद्र २०८२, सोमबार

गाजा शहर नियन्त्रणमा लिने योजनासाथ इजरायलले थाल्यो आक्रमण

५ भदौ, काठमाडौं । विश्वभरबाट आलोचनाका बाबजुद इजरायली सेनाले गाजा क्षेत्रमा हमला सुरु गरेको छ । इजरायली सेनाले गाजा शहर कब्जा गर्ने योजना अनुसार कारबाही सुरु गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा शहरको बाहिरी क्षेत्र उसले नियन्त्रणमा लिइसकेको छ । एक सैन्य कमाण्डरका अनुसार कब्जाको तयारी गर्नका लागि जैतुन र जबालिया क्षेत्रमा इजरायली सैनिक पहिल्यैदेखि तैनाथ छन् ।

यस सैन्य अभियानलाई मंगलबार रक्षामन्त्री इजरायल काट्जले मन्जुरी दिइसकेका थिए । अब त्यसलाई यसै हप्ताको अन्तिमतिर सुरक्षा क्याबिनेटमा पेस गरिनेछ ।

प्यालेस्टिनी नागरिकमा हुने असरलाई लिएर इजरायलको सैन्य कारबाहीको अन्तर्राष्ट्रिय स्तरबाट कडा विरोध भइरहेको छ । तर इजरायलले हमास लडाकुहरुलाई निमिट्यान्न नपारेसम्म आफ्नो अभियान नरोकिने जनाउँदै आएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले इजरायलमाथि युद्ध विराम सम्झौता पालना नगरेको र निर्दोष नागरिक मारेको आरोप लगाउँदै आएको छ ।

७ अक्टोबर २०२३ मा हमास लडाकुहरु गाजा क्षेत्रबाट घुसेर इजरायलको किबुजमा आक्रमण गर्दा १० नेपालीसहित १ हजार २०० जनाको ज्यान गएको थियो । त्यसपछि युद्धको घोषणा गर्दै इजरायलले निरन्तर हमास र उसका समर्थकहरुविरुद्ध सैन्य कारबाही जारी राखेको छ ।

आक्रमण इजरायल गाँजा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]