०५ साउन २०८२, सोमबार

भिनाजुले गरे सालोको हत्या

रामेछाप । रामेछाप नगरपालिका–४ हिमगंगाको बोलङ बोलङका २९ वर्षीय लबकुमार थापामगरलाई आफ्नै भिनाजुले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

कोठामा एक्लै बसी रहेको अवस्थामा लबकुमारका भिनाजु ५० वर्षीय विनोदकुमार यसलामी मगरले हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले जनाकारी दिए ।

मंगलबार साँझ घटनाको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी टोली खटिएको थियो ।घटनापछि भागेका विनोदलाई सोही राति ११ बजेतिर रामेछाप नगरपालिका–५ रामपुर कोलञ्जोरघाटबाट पक्राउ गरिएको न्यौपानेले जानकारी दिए ।

आरोपीलाई जिल्ला अदालत रामेछापमा उपस्थित गराई १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए । घटना गराएको स्वीकार गरेका भए पनि के करणले सो घटना गराएका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको न्यौपानेले जानकारी दिए ।

हत्या
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]