
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । भण्डारी निवास भंगालमा पुगेर झाले भण्डारीसँग भेट गरेका हुन् ।भण्डारीलाई करिब २ घण्टा छलफल भएको झाले बताए । पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए ।
उनले भने, ‘सहकारीको विषय समाधान गर्नुपर्ने थियो । तर यसलाई राजनीतिक मुद्दा बनाएर रवि लामिछानेलाई दु:ख दिइराखिएको छ । त्यसमा म असन्तुष्ट छु । उहाँप्रति मेरो सद्भाव छ भन्नुभयो ।’उनले नयाँ पढेलेखेका पुस्ता राजनीतिमा आउँदा आफूलाई खुसी लागेको बताएको पनि सुनाए ।
झाले थपे, ‘अहिले नयाँ पुस्तालाई राजनीतिमा आउन सहज छ । हामी आउँदा धेरै गाह्रो थियो । अहिले पढेलेखेकाहरू आउन थालेको छ । त्यो राम्रो हुँदै छ । विचारको बहस धेरै होस् त्यसमा हामी सघाउँछौँ भन्नुभएको छ ।’
विद्यादेवी भण्डारीसँग भेटवार्ता