Blurkart

२४ भाद्र २०८२, मंगलबार

रूसद्वारा युक्रेनमाथि बहुआयामिक आक्रमण गरेको दाबी, दुई गाउँ कब्जाको दाबी युक्रेनद्वारा अस्वीकार

काठमाडौं । मंगलबार रूस र युक्रेनले युद्धको अवस्थाबारे फरक–फरक दाबी गरेका छन् । रूसी रक्षा मन्त्रालयका अनुसार गत २४ घण्टामा रूसी सेनाले युक्रेनका १४२ क्षेत्रमा आक्रमण गर्दै युक्रेनी ड्रोन नियन्त्रण तथा प्रक्षेपण स्थल, युक्रेनी सेना र विदेशी लडाकुहरूको अस्थायी तैनाथ स्थानहरू लक्षित आक्रमण गरेका छन् ।

ती आक्रमणमार्फत युक्रेनी ट्याङ्क, तोपखाना, विद्युतीय युद्ध प्रणालीका आधार केन्द्र र आपूर्ति गोदामहरू नष्ट गरिएको रूसी दाबी छ । साथै, रूसी हवाई प्रतिरक्षाले युक्रेनका ६ हवाई–नियन्त्रित बम, १ नेप्च्यून लामो दूरीको क्षेप्यास्त्र र १९१ ड्रोन खसालेको जनाएको छ ।

तर, युक्रेनी सशस्त्र बलको जनरल स्टाफले भने आफ्ना विशेष फौजले क्राइमियामा अपरेशन सञ्चालन गरी रूसी सेनाको युद्ध आपूर्ति प्रयोजनका रसद पूर्वाधार निष्क्रिय बनाएको जनाएको छ ।युक्रेनले आफ्‌ना दुईओटा गाउँहरु रूसी नियन्त्रणमा पुगेको दाबीलाई अस्वीकार गर्दै ती क्षेत्रमा रूसी अग्रगमन रोकिएको र लडाइँ अझै जारी रहेको स्पष्ट पारेको छ । दुवै पक्षका ताजा दाबीहरूले युद्धभूमिमा संघर्ष अझै तीव्र बनेको संकेत गरेका छन् ।

युक्रे युद्ध रूस
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]