
भागेश्वर उखु किसान हकहित संरक्षण समितिले सरकारले समयमै माग सम्बोधन नगरेको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । भागेश्वर चिनी मिलमा आबद्ध किसानहरुको अगुवाइमा प्रदर्शन गरिएको हो । बिहीबार भागेश्वर चिनी मिलले ‘हाम्रो माग पूरा गर,’ ‘उखु अनुदान भुक्तानी गर,’ ‘किसानले न्याय कहिले पाउने ?’, ‘एकतर्फी मूल्य
स्वीकार छैन’ र ‘उखु कृषक शोषण बन्द गर’ जस्ता नारासहित प्रदर्शन गरेको हो ।