०५ साउन २०८२, सोमबार

आलुको बिउ राख्ने कोल्ड स्टोरहरु बन्द हुने अवस्थामा पुगेकोमा मन्त्री चिन्तित

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आलुको बिउका लागि राख्ने कोल्ड स्टोरहरु बन्द हुने अवस्थामा पुगेको बताएका छन् । शुक्रबार दोस्रो आलु शिखर सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले देशभरी थुप्रै कोल्ड स्टोरहरु खुलेका तर बन्द हुने अवस्थामा

पुगेको बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्र्तगत १७ वटा जोन रहेका छन् । यस पटक धेरै ठाउँमा बृद्धि गर्नका लागि प्रस्तावहरु आएका छन् । आलुको जोन बनाउन निवेदन आएको छ । देशभरी थुप्रै कोल्ड स्टोरहरु खुलेका छन् । कोल्ड स्टोरका अध्यक्षहरु यतै हुनुन्छ । पैसा तिर्न सकेको छैन । कोल्ड स्टोरहरु डुब्ने अवस्थामा पुगेका छन् । त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने छ ।’


उनले नेपालमा आलु उत्पादनका लागि सरकारले मात्र नभइ सबैको साझा प्रयास जरुरी रहेको बताए । मन्त्री अधिकारीले नेपाल आलुमा आत्मनिर्भर हुन उत्पादकत्वमा बृद्धि गनुपर्ने पनि बताए । ‘आलुले कृषिको कुलग्राहस्त उत्पादनको ६.३५ प्रतिशत योगदान गरेको छ । मागको ९० प्रतिशत खपतले आन्तरिक उत्पादनको भुमिका रहेको छ । नेपाल आलुमा आत्मनिर्भर हुन हालको उत्पादकत्व १७.२० मेट्रिटन प्रतिहेक्टरलाई बृद्धि गरी १८.४६ मेट्रिटनमा पुर्याउन आवश्यक देखिन्छ,’ उनले भने ।

कोल्ड स्टोरहरु बन्द हुने
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]