Blurkart

२४ भाद्र २०८२, मंगलबार

तराइका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् ः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवलोकन गर्न गएर हेलिकप्टरको तेलमात्र खर्च गर्ने हो कि समस्या हल पनि गर्ने हो भन्दै प्रश्न गरेका छन् ।

बिहीबार उखु किसानहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले किसानको समस्या समाधानको नाममा धेरै अनुदान र सहयोगहरु पनि आएको बताउँदै त्यसलाई उपयोग गरेर समस्या हल गर्न सुझाए ।

त्यस्तै उनले राणाकालदेखि नै अहिलेसम्म पनि तराइका किसानहरुलाई पेल्ने गरिएको गुनासो गरे । भने,‘राणाकालदेखि नै चलिआएको हो, तराईको किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् । राणाशासनदेखि नै यही चल्दै आएको छ । कहिले हुन्छ किसानको समस्या समाधान यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ ।

हेलिकप्टरको तेलमात्र खर्च गर्ने हो कि, समस्या पनि हल गर्ने हो ? समस्या समाधानको नाममा धेरै अनुदान र सहयोहरु पनि आएको छ । तीनैलाई उपयोग गरे अहिलेको समस्या हल भइहाल्छ नि । त्यो राज्यले गर्नुपर्यो ।’

त्यस्तै उनले अहिलेको सरकार गैरजिम्मेवार भएको आरोप लगाए । किसानहरु सडकमा उत्रिदा त्यसको न्यायोचित समाधान खोज्नु सरकारको दायित्व भएको उनको भनाइ छ ।
‘सरकार गैरजिम्मेवार छ । जिम्मेवार सरकारले किसानहरु, जनताहरु सडकमा उत्रिदा आफ्ना आवाजहरु राख्दा तुरुन्त ध्यान दिनुपर्छ । र त्यसको न्यायोचित समाधान खोज्नुपर्ने काम सरकारको हो र सरकारको दायित्व पनि हो,’उनले भने ।

अनुहार मन नपर्ने उपेन्द्र यादवले
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]