Blurkart

२३ भाद्र २०८२, सोमबार

आगामी मंसिर भित्रमा केन्द्रको महाधिवेशन हुन्छ : गगन थापा

रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिरभित्रमा केन्द्रको महाधिवेशन गरिसक्नुपर्ने बताएका छन ।कांग्रेस सर्लाहीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मंसिर पछाडि महाधिवेशन लैजान नपाइने बताए । महाधिवेशन सकिएपछि मात्र नयाँ चुनावको सामना हुने उनले बताए ।


कार्यक्रममा महामन्त्री थापाले उखु किसानको मागलाई सरकारले चाँडै सम्बोधन गर्नुपर्ने बताए । उखु किसानलाई अनुदान दिनुपर्ने प्रस्ताव कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रिपरिषदमा लगेको भएपनि अस्वीकार भएको उनले बताए ।


यद्यपि, मन्त्री अधिकारीको जोडबलमा अघिल्लो बर्षको पैसाबाट ३५ रुपैयाँ अनुदान दिएको थापाले बताए ।आफूले पार्टी सभापतिलाई ध्यानाकर्षण गराएको उल्लेख गर्दै थापाले सभापतिले प्रधानमन्त्रीसँग कुरा गरेको जानकारी दिए । उखु किसानको भुक्तानीका लागि पैसा खोज्न नपर्ने उनले दाबी समेत गरे ।

उनले मधेशमा कृषिको समस्या अन्त्य गर्न सरकारले चासो दिनुपर्ने बताए । वासुदेवशरण कोइरालाको स्मृतिमा लालबन्दी नगरपालिका–२,जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम परिसरमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्वोधन गर्न सर्लाही आएका हुन ।


उनले कांग्रेसका नेता, कार्यकर्ताले कोइरालाको मागदर्शन अनुशरण गर्नुपर्ने बताए । श्रद्धाञ्जली सभामा दिवंगत कोइरालाको जीवनीबारे मात्रै चर्चा गरेका कांग्रेस महामन्त्री थापाले कोइरालाको योगदान सँधै अमर रहने उल्लेख गरेका छन् ।

अनुदान दिनुपर्ने प्रस्ताव किसानको मागलाई गगनकुमार थापाले मंसिरभित्रमा केन्द्रको
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]