Blurkart

२४ भाद्र २०८२, मंगलबार

कवाडीमाथिको अत्याचार तत्काल रोकियोस् : सांसद यादव

काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि गरेको अत्याचार र तोडफोडको विरोधमा आवाज उठाएकी छिन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले महानगरको कार्यशैलीप्रति आपत्ति जनाउँदै अदालतको आदेश विपरीत महानगरले कवाडीहरूमाथि गरेको कारबाही अमानवीय भएको बताइन् ।

‘यो देशमा सबै नागरिकले सम्मानजनक जीवन बाँच्ने अधिकार छ,’ उनले भनिन्, ‘तर काठमाडौं महानगरले जुन व्यवहार कवाडीहरूमाथि गरिरहेको छ, त्यो अत्याचारपूर्ण र अपमानजनक छ ।’
उनले केही दिनदेखि काठमाडौं महानगरपालिकाको कारबाहीविरुद्ध कवाड व्यवसायीहरू आन्दोलनमा छन्, तर सरकारले अझैसम्म पहल नगर्नु दुःखद् विषय भएको बताइन् । ‘सोमबारदेखि व्यवसायीहरू सडकमा छन्, वार्तामा बोलाएर उनीहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्दछु, काठमाडौं महानगरपालिकाको कारबाहीविरुद्ध कवाड व्यवसायीहरू आन्दोलनमा छन्, तर सरकारले अझैसम्म पहल नगर्नु दुःखद् विषय हो ।’ उनले भनिन् ।

यादवले कवाड व्यवसायीहरूमाथि भएको धनजनको क्षति र उत्पीडनको विषयमा तत्काल छानबिन गरी पीडितलाई न्याय दिन सरकारसँग माग गरेकी छिन् ।

कवाडीमाथिको अत्याचार
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]