Blurkart

२३ भाद्र २०८२, सोमबार

धर्मरहित राजनीति गर्नेहरुलाई जनतालाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउँदो रहेछः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धर्मरहित राजनीति गर्नेहरुका कारण मुलुकले आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचान गुमाएको टिप्पणी गर्नुभएको छ ।

कास्कीको पोखरामा जारी कोटिहोम महायज्ञलाई सोमवार सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले धर्म निरपेक्षताको नाममा राजनीति गर्नेहरूले आम नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर पैसा कमाउने काम गरिरहेको टिप्पणी गर्नुभयो । अब पूजापाठ गरेर मात्र धर्मको रक्षा नहुने बताउँदै अध्यक्ष लिङदेनले धर्मप्रतिको व्यवहारिक कर्तव्य निभाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बद्नाम नेताहरुसँगै राजनीति गरिरहेको भएपनि राजनीतिक जीवनमा एक रुपैयाँ पनि अनियमित ढंगले नकमाएको उहाँको दाबी छ । उहाँले धर्म र संस्कृतिमाथि प्रहार भइरहेको उल्लेख गर्दै यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरुले याद गर्नुभएको छ कि छैन । धर्म निरपेक्षको राजनीति गर्नेहरु, धर्मरहित राजनीति गर्नेहरुले के गरिराखेका छन् । धर्मरहित राजनीति गर्नेहरुलाई आफ्नो जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउँदो रहेछ । हामी धर्मसहितको राजनीति गर्छौं । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भनेर भन्छौँ । अहिले म पनि बदनाम नेताहरुको बीचमै छु । तर भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो मात्रै भन्दिन, यति लामो राजनीतिमा एक रुपैयाँ पनि खाएको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु । त्यो निष्ठा बोकेको मान्छे अरु कसले के भन्छ म चिन्ता लिँदिन ।

हामीले कर्मकाण्ड गरेर, पूजा अनुष्ठान गरेर मात्र अब नपुग्ने भएको छ । आफ्नो धर्मकाप्रति हाम्रा कर्तव्य पनि छन् । हामीले हाम्रो पहिचान अकारण गुमाउनु पर्यो । गलत नेतृत्वको कारण गुमाउनुप¥यो । त्यसप्रति पनि हाम्रा कर्तव्य छन् भन्नेकुरा हामीले यस प्रकारका यज्ञमा आउँदा थाहा पाउनुपर्छ ।’

धर्म र संस्कृति रहेमात्र मुलुक रहने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले धर्मको संरक्षण र प्रवद्र्धनका लागि लागि पर्न सबैमा आग्रह गर्नुभयो ।

अध्यक्ष लिङदेन
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]