Blurkart

२३ भाद्र २०८२, सोमबार

महिलाहरुले देशको नेतृत्व गरेर परिवर्तन ल्याउन सक्षम छन् : शाक्य

काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुले सिङगो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्ने बताएकी छन् ।

मंगलबार शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधि सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेका जनप्रतिनिधि महिलाहरु सिङगो देशको परिवर्तन गर्न सक्षम रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘दुःख र संघर्ष गरेर एउटा महिला सक्षम र सफल भएर वा जनप्रतिनिधिका रुपमा काम गर्न कति गार्हो छ भन्ने हामीले भोगेका छौं । अस्तव्यस्त जीवन एकातिर, बच्चाहरु र परिवारको माया एकातिर राखेर निर्वाचित जनप्रतिनिधिको हैसियतले निस्वार्थ भावले खटिराख्दा आशावादी पनि हुन सकिन्छ । त्यसैले महिला नेतृत्वले नै सिङगो देशको परिवर्तन गर्न सक्छन् र नेतृत्व गर्न सक्छन् भन्ने भावना जागेको छ ।’

उनले शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधिको लागि १३१ जनाले फाराम भरेकोमा गहिरो अध्ययन गरी धैर्यता राखेर अत्यन्तै समय निकालेर मूल्याङक गरिएको पनि बताइन् ।

उनले यि ३१ प्रेरणादायी महिला जनप्रतिनिधिहरु निष्पक्ष न्याय दिनुका साथै शिक्षा, स्वास्थ्यको सवालमा पनि राम्रो योजना रहेको बताइन् ।

अष्टलक्ष्मी शाक्य नेकपा (एमाले)
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]