११ जेठ २०८२, शनिबार

राजश्व छलीका सामानसहित ८ जना प्रकाउ

काठमाडौं- काठमाडौंको चःमतीबाट राजश्व छलीका विभिन्न सामाग्रीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू राजस्व छली चोरी पैठारी गरी काठमाडौं ल्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विभिन्न कम्पनीको मोबाइलको पार्टपुर्जासहित पक्राउ गरेको हो ।पक्राउ पर्नेमा रोशन कुमार महतो, सत्यनारायण कृष्णमुर्थी, दीपक शेकर, भिनोथ कुमार अमर चन्द, सिकेन्दर रजा, शेष पिर मोहम्मद मोस्तान, मोहम्मद रेहान, रौनक ठाकुर रहेका छन् ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

चोरी प्रकाउ राजश्व छलीका
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]