Blurkart

२२ भाद्र २०८२, आइतबार

विधेयक निर्माणमा भएको त्रुटिप्रति सांसदहरुले गरे आत्मसमीक्षा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले विधेयक निर्माणमा विगतमा भएका गल्तीप्रति आत्मासमीक्षा गर्दै यसमा सबैजना जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरुले विधेयक निर्माणमा भएको त्रुटिको आत्मसमीक्षा गरेका हुन् ।

बैठकमा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले समितिको काम ठिक ढंगले भएन भन्ने आत्मासमीक्षा आफूले गरेको बताए । विगतको विधेयकमा भएको त्रुटिलाई गम्भीर पाठको रुपमा लिएर अगाडि जानुपर्ने उनको भनाइ छ ।

उनले भने,‘समितिको काम ठिक ढंगले गरेनौं भन्ने आत्मासमीक्षा मैले गरेको छु । संसदमा अवसर पनि मिलेको थियो राम्रोसँग हेर्नुपर्दथ्यो । तर त्यो गरेनौं । आगामी दिनमा सबैले यसलाई गम्भीर पाठको रुपमा लिएर जानुपर्छ ।’

त्यस्तै उनले समितिमा विचाराधीन रहेका विधेयक तत्काल अघि बढाउन आवश्यक रहेको पनि बताए ।
त्यस्तै नेपाली कांग्रेसका सांसद गगन थापाले विधेयकमा जुन त्रुटि भयो,यसमा आफू लगायतसमितिका सांसदहरु उत्तिकै जिम्मेवार बन्नुपर्ने धारणा राखे । यो अनुभवले समितिको कामलाई अझ निखार्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

उनले भने,‘विधेयकमा जुन त्रुटि भयो ,यसमा म लगायत यो समितिका सांसदहरु उत्तिकै जिम्मेवार हुनुपर्छ । यो अनुभवले हामीलाई र हाम्रो कामलाई अझ निखार्न पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।’

त्यसैगरी नेकपा एमालेका सांसद पदम गिरीले निश्चित समय तोकेर विधेयक अघि बढाउन सुझाए ।
‘निश्चित समय तोकेर विधेयक अघि बढाउनुपर्छ, त्यो नभएसम्म नागरिकको गुनासो आइरहन्छ । अरुलाई सुशासनको पाठ पढाउने तर हामीले पालना नगर्ने भन्ने हुनुहुँदैन’, उनले भने।

राज्य व्यवस्था तथा सुशासन विधेयक निर्माण
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]