Blurkart

२२ भाद्र २०८२, आइतबार

प्रहरीको ध्वनी प्रदूषण नियन्त्रण अभियान : ‘बिहान’, ‘राति’,‘अवेर’ भनेको कति बजे हो ?

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त, तथा अवरोधमुक्त छिमेकी अभियान अन्तरगत शहरवासीहरुलाई ठूलो आवाज आउने खालका क्रियाकलापहरु नगर्न सबैलाई आग्रह गरेको छ ।

विभिन्न मानवीय क्रियाकलापका कारण उत्पन्न हुने ध्वनी प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक भएको र ध्वनी प्रदूषणका कारण खास गरी गर्भवती महिला, मुटुरोगी एवं वृद्धवृद्धा र बालवालिकाको शैक्षिक, मानिसक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्नुका साथै सर्वसाधारण जनताको सामाजिक, आर्थिक कृयाकलाप तथा नैतिक मूल्य मान्यता समेत प्रभावित हुने एवं सामाजिक सम्बन्धहरुमा समेत प्रतिकूल असर पर्ने जाने भएको हुँदा घर, परिवार र छिमेकीहरूको हितका लागि ध्वनी, धुँवा र फोहोर प्रदूषणमुक्त छिमेकी अभियानको थालनी गरेको कार्यालयले जनाएको छ ।

उक्त अभियानमा रातिको समय फोनकल गर्दा आवाज कम गरौं वा हेडफोन प्रयोग गरौं, म्यासेजमै संवाद गर्न, बेरसम्म ठुलो स्वरले गफगाफ नगर्न, पार्टी वा जमघट गर्दा छिमेकीलाई असजिलो हुने गरी नगर्न, अबेरसम्म म्युजिक बजाएर नाचगान नगर्न, टेलिभिजन वा म्युजिक सिस्टम खोलेर सुत्ने कार्य नगर्न, भान्सामा भाडाँकुडाँको ठुलो आवाज उत्पन्न नगर्न र राति गेट ढकढकाउने वा बेल बजाउने कार्य नगरौं, आवश्यकता अनुसार फोनको प्रयोग गरेर ढोका खोल्न आग्रह गरेको छ ।

साथै, बिहानको शान्ति कायम गर्न बिहानको नृत्यकर्म गर्दा अनावश्यक खोक्ने वा खकार्ने नगर्न, गेट खोल्दा र अन्य क्रियाकलाप गर्दा आवाज कम नगर्न, मोटरसाइकल वा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्न, ठूलो आवाज आएमा छिमेक भन्दा परलगी चालु गर्न, शौचालय र अन्य घरेलु क्रियाकलापमा सचेत बन्न, राति अवेर शौचालय फ्लस गर्दा ध्वनी कम गर्ने उपाय अपनाउन, राति अवेर वा बिहान सवेरै प्रेसर कुकरमा सिठ्ठी लगाउने कार्य नगर्न र घरमा संगीत अभ्यास गर्दा ध्वनी नियन्त्रण उपकरण प्रयोग गरौं । सडकमा अनावश्यक हल्ला नगर्न पनि आग्रह गरेको छ ।

यसैगरि, सामाजिक र धार्मिक क्रियाकलापमा सचेत बन्न, धार्मिक वा संस्कृतिक कार्यक्रममा ध्वनी नियन्त्रण गर्न, मन्दिर, गुम्बा, मस्जिदमा ध्वनि नियन्त्रण गर्दै पूजा ÷प्रार्थना गर्न, चुरोट वा फोहर जलाएर छिमेकमा धुवाँ र वातावरण प्रदूषण नगर्न, घर बाहिर फोहर नफाल्न, सडकमा जथाभावी फोहर गरी टोल छिमेकमा दुर्गन्धित नपार्न र आफुले पालेको जनावरहरु (कुकुर,कुखुरा) आदिबाट छिमेकी र वातावरणलाई अशान्ति नगर्न, प्रेसर हर्न वा मोडीफाई गरी ठूलो आवाज निकालेर सवारी साधन नचलाउन पनि आग्रह गरेको छ ।

यदि ध्वनी प्रदूषण गरेको पाइएमा गर्ने व्यक्ति वा संस्थालाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ३५ को उपदफा (३) बमोजिम सम्बन्धित निकायले त्यस्तो कार्यमा बन्देज लगाई तीन लाख रुपैयाँसम्म जरिवाना गर्नसक्छ व्यहोरा पनि प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

प्रहरी कार्यालय यति धेरै बन्देज लगाउँदै गर्दा समय भने तोकेको छैन् । ‘बिहान’, ‘राति’,‘अवेर’ मात्र भनेर सूचना जारी गर्दा सर्वसाधारणमा अन्योलता छाएको छ । साथै, यी सबै बन्देजहरु समावेश गर्दैगर्दाको सान्दर्भिक र कार्यान्वयनको अवस्था भने जटिल बन्ने देखिन्छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरी ध्वनी प्रदूषण
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]