२१ बैशाख २०८२, आइतबार

विद्यालय खोल्न स्थानीय सरकारको निर्देशन

सुर्खेत । कर्णालीका स्थानीय सरकारले शिक्षण संस्था सञ्चालन गर्न निर्देशन दिएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाले लामो समय बन्दका कारण शैक्षिक गतिविधी ठप्प भएको भन्दै विद्यालय खुलाउन निर्देशन दिएका छन् ।

शिक्षकका जायज माग पुरा गराउन आन्दोलनका वैकल्पिक गतिविधी सञ्चालन गरी विद्यालय खुलाउन उनीहरुले आग्रह गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाले सूचना प्रकाशित गरी लामो समयदेखि शैक्षिक गतिविधि प्रभावित भई बालबालिकाको पढ्न पाउने अधिकारबाट बञ्चित भएकोले विद्यालय नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधारका लागी स्थानीय सरकार प्रत्यत्नशील रहँदै आएको र लामो समयको विद्यालय बन्दले पठनपाठन ठप्प भएको भन्दै विद्यालय खुलाउन नगरपालिका शिक्षक महासंघलाई आग्रह गरेको छ ।

शिक्षकका जायज तथा संविधानसम्मत मागहरूको सम्बोधन गराउनका लागी वैकल्पिक तवरले उठान गर्न निर्देशन दिएको नगरपालिका शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले बताए । ‘शिक्षकका जायज माग पूरा गर्न नेपाल सरकारलाई अनुरोध गरेका छौं’ शर्माले भने, ‘सम्पूर्ण विद्यालय शैक्षिक सत्र २०८२ को भर्ना अभियान, पाठ्यपुस्तक वितरण, शैक्षिक तथा प्रशासनिक कार्यहरू तत्काल सञ्चालन गर्न निर्देशन दिएका छौं ।’

बैशाख १७ गतेदेखि नियमित रुपमा विद्यालयहरूमा पठनपाठन कार्य सुचारु गर्न गराउन हुन सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघलगायत सम्बन्ध पक्ष सबैमा आवश्यक समन्वय, सहजीकरण तथा सहकार्यका लागि अनुरोध गरिएको उनले बताए ।

चिङ्गाड गाउँपालिकाले पनि विद्यालय सञ्चालनका गर्नका लागि शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको छ । शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियानको अवधि सकिँदा समेत विद्यालयमा पठनपाठन हुन नसक्दा त्यसले पार्ने प्रभावलाई मध्यनजर गरी विद्यालय खोल्न अनुरोध गरिएको गाउँपालिका अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष बोधबिक्रम जिसीले बताए ।

विद्यालय
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]