२१ बैशाख २०८२, आइतबार

सरकारले थारु मधेशी एक हुन नदिन चौधरीलाई पक्राउ गरेको हो : प्रवक्ता यादव

काठमाडौं । जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले पहिचानवादी शक्तिहरु एक ठाउँमा नआओस् भन्नको लागि नाउपा संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको बताएका छन् ।

उनले प्रज्ञा भवन कमलादीबाट आज हुने भनिएको पार्टी एकता सभा रोकिएको जानकारी गराउदै एकिकरण हुन नदिनलाई यो कार्य गरिएको बताएका हुन् ।

‘तत्कालिन अवस्थामा हामीलाई एकिकरण हुन नदिनलाई यो कार्य गरिएको भन्ने हामीले बुझेका छौ । यो देशमा पहिचानवादी शक्तिहरु एक ठाउँमा नआओस् भन्ने ठुलो सन्देश गएको छ । हामी यसको भत्सर्ना पनि गर्छौ र अब के गर्ने भन्ने कुरा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका शीर्ष नेताहरु बसेर अगाडिको छलफल बढाउछौ ।’ उनले भने ।

उनले अर्का पार्टीको संरक्षक नै पक्राउ परेपछि एकता प्रक्रियालाई अगाडि बढाउनलाई उपयुक्त नदेखिएको भन्दै कार्यक्रम स्थगित भएको जानकारी गराए । उनले सरकारले थारु मधेशी एक हुन नदिन आजको घटना घटाएको भन्दै एकता प्रक्रिया नरोकिने पनि बताए ।

उनले भने, ‘राज्यले पहिचानवादीहरु, थारु, मधेशीहरु, सिमान्तकृत वर्गहरु एक ठाउँ नआउन् भन्ने धारणाले यो नै घटना भएको हो । एकता प्रक्रिया रोकिदैन तत्कालको लागि स्थगित भएको मात्र हो । भईरहेको समस्या बुझेर यसलाई अगाडि कसरी लाने छलफल गरी यो एकता गरी छाड्छौ । आज ढिलो हुने कारण प्राविधिक थियो त्यसमा अरु कारण केही थिएन् ।’

सरकारले थारु मधेशी एक हुन नदिन
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]