Blurkart

२४ भाद्र २०८२, मंगलबार

रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको धारणा माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रेशम चौधरी पक्राउ परेको प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘पूर्व माननीय रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार पुर्याइयो । महिमानसिंह विष्टले जुन पक्राउ गर्ने पुर्जी काट्नु भएको छ, सर्वोच्च अदालतले त्यसलाई फर्जी भनेको छ । यतिबेलासम्म पनि सरकारले कहीँकतै नबोलेको हुनाले म यसै गरिमामय सदनलाई प्रधानमन्त्री, गृहमन्त्रीले जवाफ दिन माग गर्दछु ।’

साथै उनले प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा आएर जवाफ नदिएमा आफूहरु सरकार छाड्न बाध्य हुने चेतावनी दिए ।

गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम थियो । तर, गलत पत्रको आधारमा रेशमलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाइएको थियो । सर्वोच्चले रेशमलाई थुनामा पठाउने पत्र फर्जी रहेको भनी अर्को पत्र काटेसँगै साढे ५ घण्टा कारागार बसेर उनी छुटेका थिए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]