२३ बैशाख २०८२, मंगलबार

आज जानकी नवमी : साही स्नान सम्पन्न, मधेश प्रदेशमा सार्वजनिक विदा

जनकपुर । आज जानकी नवमी धुमधामका साथ मनाईदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने गरिन्छ ।

माता सीताको जन्मोत्सवको दिन आज खासगरी जनकपुरधामस्थित जानकी मन्दिरमा विभिन्न कार्यक्रम गरी मनाउनुका साथै देशभरिका विभिन्न स्थानमा रहेका सीता माताको मन्दिरमा विशेष पूजा पाठ गरिदैछ ।

जानकी नवमीको अवसरमा जनकपुरधामस्थित ऐतिहासिक दुधमती नदीमा साधुसन्त तथा भक्तजनहरुले साही स्नान गरेका छन् । सीता माता धर्तीबाट निस्किए पछि उनलाई धुत खुवाउन दुधमती नदि प्रकट भएको जनविश्वास रहेको छ । रामायणकालिण समयमा यस नदिमा दुध बग्ने र सोही दुध सीता माताले पिउने गरेको बताईन्छ ।

जानकी नवमीको अवसमा आज जानकी मन्दिरमा बधाइगान, प्राकट्य उत्सव, जानकी डोला यात्रा, तिल्कोत्सव र दिप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए ।

मधेश प्रदेश सरकारले जानकी नवमीको अवसरमा मंगलबार सार्वजनिक बिदा समेत दिएको छ ।

सार्वजनिक विदा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]