२९ बैशाख २०८२, सोमबार

सत्ता गठबन्धन धेरै जाला जास्तो देखिएनः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सत्तागठबन्धन धेरै अगाडि जान नसक्ने बताउनुभएको छ ।

आईतवार संसद भवन परिसरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रममा नीति काँग्रेसको र कार्यक्रम एमालेको भएको आरोप लगाउनु भयो । उहाँले नीति एकातिर र कार्यक्रम अर्कैतिरबाट आएकाले कार्यान्वयनमा शंका गर्नुपर्ने भन्दै सत्तागठबन्धन धेरै लामो सयम नटिक्ने जिकिर गर्नुभयो । उहाँले उल्टो बाटोमा हिँडेको सरकारले ल्याएको नीति तथा कार्यक्रम भएकाले प्रतिक्रिया दिन पनि अप्ठ्यारो भएको दाबी गर्नुभयो ।

उहाँले नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्री गम्भीर नदेखिएको उहाँको भनाइ छ । युवामा देखिएका निराशा चिर्नेगरी युवाशक्तिलाई आशावादी बनाउने कुनै कार्यक्रम भएको भनेर प्रधानमन्त्रीले नै आत्मविश्वास गुमाएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सरकार उल्टो बाटो हिँडिरहेको छ । प्रतिक्रिया दिन पनि अफ्ठ्यारो छ । नीति तथा कार्यक्रममा नीति मात्रै ल्यायो कार्यक्रम ल्याएन ।

अहिले चाहिँ बजेटको सिद्धान्त र प्राथमिकता ल्याउनु पर्नेमा फेरि कार्यक्रम ल्यायो ।सरकार नै अलमलमा परेको देखिन्छ । नीति कार्यक्रममा नीति काँग्रेसको कार्यक्रम एमालेले बाँढेर कार्यक्रम बजेटको प्राथमिकतामा हालेको जस्तो सिद्धान्त जति वा नीतिगत कुराहरु कार्यक्रममा राखेको जस्तो देखिन्छ । यस्तो अफ्ठ्यारोमा छ सरकार । नीति एकातिरबाट कार्यक्रम अर्कोतिरबाट ल्याउनु पर्ने । दुई ठुला पार्टीहरुको गठबन्धन धेरै जाला जस्तो लाग्दैन यो तालले । उहाँहरुको जाला नजाला तर यो देशले जनताले सबैले दुःख पाइने भयो ।

नीति कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफमा सरकार प्रधानमन्त्री त्यति गम्भीर पाइएन । जति गम्भीर हुनुपर्ने हो किन भने यो गम्भीर विषय हो । किनभेन यो सिद्धान्तमा यसरी अगाडि लैजान्छु यो नीतिमा यो कार्यक्रममा मुख्य रुपान्तरणकारी कार्यक्रमहरु अहिले जनतामा विश्वास जगाउने कार्यक्रमहरु हुन्छन्, युवामा भएको निराशा चिर्ने खालका हुन्छने भनेर आत्मविश्वासका साथ प्रधानमन्त्रीले भन्न सक्नुभएन । त्यसो गर्दा बजेटमा शंका गर्नुपर्ने भयो अलमलको बजेट भयो । काम चलाउ जस्तो होला जस्तो छ ।’
पूर्वअन्र्थमन्त्री समेत रहनुभएका उपमहासचि पुनले नीति तथा कार्यक्रममा सत्ता गठबन्धनका दुई ठूला दल काँग्रेस र एमालेबीच विवाद देखिएको बताउनु भयो ।

वर्षमान पुन
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]