०५ साउन २०८२, सोमबार

गृहमन्त्रीलाई सोबिताको प्रश्न- तीनकुने घटनाका घाइतेलाई रोजगारीबारे के हुँदैछ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले गत चैत १५ गते आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने तीनकुने घटनामा भएको क्षति र घाइतेको अवस्थाबारे गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेकी छिन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले घटनाको क्षतिपूर्ति स्थानीयले कहिले प्राप्त गर्ने ? घाइतेको अहिलेको अवस्था के हो ? कुरुवालाई के व्यवस्था गरिएको छ ? लगायतका प्रश्न गरिन् ।

‘काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत तीनकुने घटनाको क्षतिपूर्ति स्थानीयहरूले कहिले प्राप्त गर्छन् ? उक्त घटनामा गोली लागि घाइते भएका घाइतेको वर्तमान स्थिति के छ ? उपचारको क्रममा राज्यको तर्फबाट कस्तो सहयोग प्राप्त भइरहेको छ ?,’ उनले प्रश्न गरिन्, ‘घाइतेको कुरुवाको लागि के व्यवस्था गरिएको छ ? घाइतेको समाजमा पुनस्र्थापनाका लागि रोजगारीको सुनश्चितताका लागि के भएको छ ?’

सांसद गौतमको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले तीनकुने घटनामा घाइते भएकामध्ये २ जनाको उपचार जारी रहेको जानकारी गराए ।
साथै, सरकारले घाइतेको निःशुल्क उपचार गरिरहेको पनि गृहमन्त्री लेखकले बताए ।

‘काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको घटनाको क्रममा भएको क्षतिको सन्दर्भमा अनुसन्धान कार्य जारी रहेको छ । उक्त घटनामा गोली लागि घाइते भएकामध्ये हाल २ जना उपचाररत रहेका, बाँकी स्वास्थ्यलाभ गरी घर फर्किसकेको जानकारी म अनुरोध गर्न चाहन्छु । घाइतेको सरकारले निशुल्क उपचारको व्यवस्था गरिरहेको छ,’ सांसद गौतमको प्रश्नमा गृहमन्त्री लेखकले भनेका छन् ।
अन्य व्यवस्था प्रचलित कानुन अनुसार नै हुने उनले बताए ।

सांसद गौतमले यो घटनामा देखाएको गम्भीरता र महत्त्वलाई धन्यवाद दिँदै गृहमन्त्री लेखकले आफू र सरकार पनि गम्भीर रहेको बताए ।

‘उहाँहरूको पुनस्र्थापना र रोजगारीका लागि सरकार गम्भीर छ, आवश्यक कार्य गरिनेछ भन्न चाहन्छु धन्यवाद,’ सांसद गौतमले भनिन्, ‘जुन गम्भीरता र महत्त्वका साथ विषय उठाउनुभएको छ त्यसका लागि धन्यवाद । मैले गम्भीरतापूर्वक लिएको छु, सरकारले गम्भीरताका साथ लिएको छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोबिता गौतम
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]