०५ साउन २०८२, सोमबार

त्रिविका उपकुलपतिको कार्यकक्षमा नेविसंघको तोडफोड

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले बुधबारत्रिभुवन विश्वविद्यलयका उपकुलपतिको कार्यकक्ष तोडफोड गरेका हुन् । उनीहरूले रेक्टर कार्यालयमा तालाबन्दी पनि गरेका छन् ।

काठमाडौं । त्रिभुवन विश्वविद्यलयका उपकुलपति प्राडा खड्क केसीको कार्यकक्षमा तोडफोड भएको छ ।

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले बुधबार केसीको कार्यकक्ष तोडफोड गरेका हुन् । उनीहरूले रेक्टर कार्यालयमा तालाबन्दी पनि गरेका छन् ।

सानोठिमी, भक्तपुर, पाटन र सरस्वती क्याम्पसमा नेविसंघबाट निर्वाचित भएका स्ववियु अध्यक्षहरूले तोडफोड र तालाबन्दी गरेका हुन् ।

उनीहरूले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै तोडफोड र तालाबन्दी गरेको बताइएको छ । त्रिविको शैक्षिक क्यालेण्डर अनुसार स्नातक तहको प्रथम वर्षको परीक्षा असारभित्र गराउनुपर्ने छ ।

सोहीअनुसार त्रिविले परीक्षा फारम खुलाएको थियो । फाराम खुलेपछि विद्यार्थी भर्ना बन्द हुन्छ । तर, नेविसंघका नेता–कार्यकर्ता शैक्षिक क्यालेन्डरविपरीत विद्यार्थी भर्नाका लागि दबाब दिन तोडफोडमा उत्रिएका हुन् ।

यसअघि नेविसंघका विद्यार्थी नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भर्ना खोल्न दबाब दिएका थिए । स्ववियु निर्वाचनका बेला विद्यार्थी भर्ना रोकिएकाले अहिले भर्ना खोल्नु पर्ने उनीहरूको दावी छ ।

त्रिवि नेविसंघ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]