काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका विभिन्न सडकहरूको शिलान्यास गर्ने भएका छन् । मधेश सरकारको ६४ निर्वाचन क्षेत्रमा दोस्रो चरण अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्र पाँच किलोमिटर कालोपत्रे सडकको जेठ १८ गते आइतबार शिलान्यास गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको शिलान्यास सम्बन्धि पत्रकार सम्मेलनमा मधेश प्रदेशका आठवटा जिल्लाका प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा पाँच किलोमिटरको दरले तीनसय २० किलोमिटर नयाँ कालोपत्रे सडक निर्माण हुने जानकारी गराएको हो ।

oppo_1026
१२ अर्ब ७० करोडको लागतमा बन्ने सो सडकको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा भोलि दिउँसो १ बजे डिजिटल प्रविधिमार्फत गर्नुहुने कार्यक्रम तय भएको मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले जानकारी दिए ।

oppo_1024
उनले प्रधानमन्त्रीले शिलान्यास गर्ने सडकको निर्माण कार्य तीन वर्षको अवधिमा पूरा गरिने मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री यादवले जानकारी दिए ।मन्त्री यादवले सडक निर्माणका लागि स्रोतको सुनिश्चितता भएर निर्माणको प्रक्रिया अगाडि भएपछि शिलान्यास गरिन लागेको र सडकको ठेक्का प्रक्रिया सम्बन्धित जिल्लाका पूर्वाधार कार्यालयहरूमा भइसकेको जानकारी दिए ।
पहिलो चरण अन्तर्गत ६४ निर्वाचन क्षेत्रमा ३ सय २० किलोमिटर सडक निर्माण अगाडि बढाएकोमा त्यस मध्ये दुईसय किलोमिटर सडकको निर्माण भइसकेको मन्त्रालयका निमित्त सचिव संजय कुमार साहले जानकारी दिए ।

oppo_1026
शिलान्यास हुने सडकहरू मध्ये गाउँ क्षेत्रमा फरक र सुहाउँदो प्रविधि तथा गाउँ बाहिर स्फाल्ट प्रविधिको कालोपत्रे गरिने भएको मन्त्रालयले जनाएको छ । सडकको चौडाई साढे पाँच देखि सात मिटरसम्मको हुने मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
साथै मन्त्रालयले आठवटै जिल्लाका ६४ प्रदेश सभाका निर्वाचन क्षेत्रमा १र१ वटा पक्की पुलको निर्माण गरिने गरि प्रक्रिया अगाडी बढाउनुका साथै सडक निर्माण गर्दा जलवायु परिवर्तनबाट परेको प्रभावको असरलाई न्यून गर्ने गरि काम भइरहेको जनाएको छ ।
ओलीले शिलान्यास गर्ने