Blurkart

२३ भाद्र २०८२, सोमबार

पहिलो शिशु मारेर फाले, दोस्रो जन्माउँदा पक्राउ परे

गोविन्दले १२ गते नै अस्पतालबाट डिस्चार्ज भएर फर्किने क्रममै हत्या गरेको देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् ।

६ साउन, पोखरा । १३ असोज २०८१ को बेलुकापख कास्कीको विजयपुर पुल नजिकै चाउथेमा जेब्रा झोला फेला पर्छ । स्थानीयले चासो दिएर झोला खोलेर हेर्दा गुलाबी रङको ब्लांकेटले ढाकिएको शिशुको शव भेटिन्छ ।

स्थानीयले प्रहरीलाई खबर गर्छन् । प्रहरीले घटनास्थल पुगेर टाउकोमा चोट लागेको नवजात शिशु (छोरा) को शव अस्पताल लगेर पोस्टमार्टम गरी अनुसन्धान थाल्छ तर हत्यारा पत्ता लगाउन सकेन ।

घटनाबारे अनुसन्धान गर्दै जाँदा १० महिनापछि प्रहरी शिशु हत्या गर्ने व्यक्तिसम्म पुग्छ । गत वर्ष शिशु हत्या गरेर झोलामा फाल्ने दम्पति फेरि अर्को सन्तान जन्माउन पोखराकै पश्चिमाञ्चल अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) पुगेको खबरले प्रहरीले पाउँछ ।

पछ्याउँदै जाँदा प्रहरी नुवाकोट घर भइ पोखरा–९ नागढुंगा बस्ने गोविन्द लामछानेलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले गोप्य सूचनाका आधारमा ४ साउनमा लामिछानेलाई पक्रेको जनाएको छ ।

पहिलो शिशु जन्माएर हत्या गरी फालेका गोविन्द दम्पति दोस्रो सन्तान जन्माउन अस्पताल आउँदा पक्राउ परेका हुन् ।

गोविन्द पक्राउ परे भने उनकी श्रीमतीले अर्को शिशु जन्माएकाले प्रहरीकै निगरानीमा अस्पतालमै छिन् ।

नुवाकोटगढी–५ घर भएका गोविन्दले पोखरा नागढुंगामा व्यवसाय गर्दै आएका थिए । आर्थिक अभावले सन्तान जन्माएर हुर्काउन नसकिने देखेर टाउकोमा हानेर, घाँटी थिचेर मारेर फालेको बयान दिएको प्रहरीको दाबी छ ।

‘त्योबेला निजले श्रीमतीलाई सुत्केरी व्यथाले च्यापेपछि अस्पताल पुर्‍याएको पाइयो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएर जाने क्रममा शिशुको टाउकोमा प्रहार गरेर घाँटीमा समातेर हत्या गरेर जेब्रा झोलामा हालेर फालेको अनुसन्धानबाट खुलेको छ,’ कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले भने, ‘नजन्माउँ भन्दाभन्दै बच्चा जन्माउने बेला भइहाल्यो, पालनपोषण गर्न गाह्रो हुने भएकाले दुई मुक्का टाउकोमा हानेर, घाँटी थिचेर मारेको भनेर बयान दिएका छन् ।’

प्रहरीले बेवारिसे भेटिएको झोला र अस्पतालबाट त्यस्तै झोला लिएर निस्किएका व्यक्तिहरु सिसी क्यामरा फुटेज हेरेर व्यक्तिको पहिचान गरेको जनाएको छ ।

श्रीमानले बच्चा नजन्माउन दबाब दिँदादिँदै पनि श्रीमतीले जन्माएको र जन्मिएपछि हत्या गरेको पाइएको कास्की प्रहरी प्रमुख एसपी ओलियाले बताए ।

घटनामा लामिछानेकी श्रीमतीको संलग्नतामाथि पनि अनुसन्धान हुने प्रहरीको भनाइ छ । तर, उनी भर्खरै सुत्केरी भएर अस्पतालमै रहेकाले निगरानीमा राखिएको एसपीले ओलियाले जानकारी दिए ।

गत ११ असोज शिशु जन्माएर उनीहरु १२ गते डिस्चार्ज भएको अस्पताल प्रशासनको रेकर्डले देखाउँछ । १३ गते सडकछेऊमा शिशुसहित जेब्रा झोला फेला परेको थियो ।

गोविन्दले १२ गते नै अस्पतालबाट डिस्चार्ज भएर फर्किने क्रममै हत्या गरेको देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् ।
घटनापछि उनीहरु पोखरामै लुकिछिपी बस्दै आएकोमा शनिबार प्रहरीले पक्रेको हो । पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।

लामिछानेमाथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रमुख ओलियाले बताए ।

पक्राउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]