०५ साउन २०८२, सोमबार

k|मुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित

लामो समयपछि बुधबार बसेको मधेश प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको छ । आजदेखि सुरु हुने भनिएको पाँचौ अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षले उभिएर विरोध जनाएपछि भोलीसम्मका लागि स्थगित भएको छ ।

जसपा नेपालका सांसद रामअशिस यादवले १ महिना २४ दिन अघि सभामुखले नै छानबीन समिति बनाउने निर्णय गरेको स्मरण गराउँदै अहिलेसम्म सभामुखको निर्देशन कार्यान्वयन नभएको भन्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए ।
उनले अहिलेको जनमत नेतृत्वको सरकारले मधेश प्रदेशमा आर्थिक अनुसाशनको खुलेआम उलंघन गरेको आरोप लगाएका छन् । संघीय छानबीन समिति गठन गर्ने निर्णय १ महिना बढी भइसक्दा पनि गठन नभएकोले सांसद यादवले सरकार सदनप्रती उत्तरदायी

नरहेको आरोप लगाएका छन् । उनले संसदले पनि मधेश प्रदेश सरकारले गरेको भ्रष्टाचारलाई समर्थन गरेको आरोप लगाउँदै संसदीय छानबीन समिति गठन नगरेसम्म सदन अवरुद्ध गर्ने बताए ।

त्यसपछि सभामुख रामचन्द्र मण्डलले भोली (बिहीबार) दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जनाएका थिए । आजको बैठकमा प्रदेश प्रमुख सुमिन्त्रा सुवेदी भण्डारीले पाँचौ अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाउने कार्य सूची रहेको थियो ।

त्यस्तै, प्रदेश प्रमुखको कार्यालयबाट विधेयक प्रमाणीकरण पत्र र मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र पढेर सुनाउने कार्य सूचीमा उल्लेख रहेको थियो । साथै दलका नेता÷प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिने पनि कार्य सूचीमा रहेको थियो ।

अवरोधपछि मधेश प्रदेश
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]