०६ साउन २०८२, मंगलबार

अबको बजेट महिला मैत्री हुने : मन्त्री जयसवाल

जनकपुर । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले प्रदेश सरकार महिला सशक्तिकरण, उद्यमशीलता प्रवद्र्धन र समग्र विकासमा केन्द्रित नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको बताएका छन् ।जनकपुरधाममा आयोजित तरकारी तथा बाख्रा क्षेत्रमा संवेदनशील मूल्य श्रृंखला प्रमाणीकरण कार्यक्रममा उनले महिलालाई लक्षित योजनाहरूलाई आगामी बजेटमा विशेष प्राथमिकता दिइने जानकारी दिए ।


‘अब महिलालाई अघि ल्याउने, सक्षम बनाउने र उनीहरूको सहभागिता सुनिश्चित गर्ने समय आएको छ,’ उनले भने । मधेशमा कृषिको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै मन्त्री जयसवालले महिलालाई कृषि, लघु उद्यम, सीप विकास र स्वरोजगारमुखी कार्यक्रमहरूमा सहभागी गराउने तयारी भइरहेको बताए ।


नेपालमा विद्यमान ३३ प्रतिशत महिला आरक्षणलाई मधेश प्रदेशले ५० प्रतिशतमा र्पुयाएको उल्लेख गर्दै उनले यसलाई ऐतिहासिक कदम भने । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ र अन्तरराष्ट्रिय श्रम संगठन आ.एल.ओ नेपालबीच ‘सशक्त महिला, समृद्ध नेपाल ९भ्ध्एल्०’ कार्यक्रमको दोस्रो चरण संचालन गर्न ६ महिनाको सम्झौता भएको जानकारी गराइएको थियो ।


सम्झौताअनुसार जनकपुरधाममा कृषि मूल्य शृंखला मूल्यांकनको आवासीय कार्यशाला आयोजना गरिनेछ, जसमा प्रदेश सरकारको प्रतिनिधि सहभागी हुने अनुरोध गरिएको छ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेशका अध्यक्ष अशोक तेमानी, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, सचिव चुडामणि फुयाल, डिवि बस्नेत, सुरेन्द्र भण्डारीलगायतको उपस्थिति थियो।

बजेट महिला मैत्री हुने
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]