०५ साउन २०८२, सोमबार

लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्ने भएको छ । आगामी जेठ ३१ गते शनिबार सुनसरीको धरानमा पहिचानमा आाधारित प्रादेशिक संरचना दस जोड १ मध्येको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्न लागिएको छ ।

अधिवेशनमा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम र धनकुटा गरी पाँच जिल्लाबाट प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवबाट हुनेछ भने पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ उद्घाटन सत्रको विशिष्ट वक्ता रहने बताइएको छ ।

जसपा नेपालको राष्ट्रिय समितिको अधिवेशनबाट अध्यक्ष १, उपाध्यक्ष ३, मुख्यसचिव १, सचिव ३, कोषाध्यक्ष १ सहित ३९ सदस्यीय समिति निर्वाचित हुने व्यवस्था रहेको छ ।पहिचानमा आधारित राष्ट्रिय समितिले मुलतः राजनीतिक तथा पहिचानको आन्दोलनसँग सम्बन्धित कार्यहरु गर्ने भनि पार्टी विधानले व्यवस्था गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

जनता समाजवादी पार्टी जसपा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]