०५ साउन २०८२, सोमबार

भारतको छत्तीसगढमा माओवादीको विस्फोटमा परि प्रहरी एएसपीको मृत्यु

काठमाडौँ । भारतको छत्तीसगढमा माओवादीहरूले गराएको विस्फोटमा प्रहरी एएसपीको मृत्यु भएको छ ।

भारतीय मिडियाका अनुसार कोन्टा प्रहरी चौकीका अतिरिक्त प्रहरी अधीक्षक (एएसपी) आकाश राव गिरिपुंजेको मृत्यु भएको हो । त्यस्तै घटनामा इन्चार्ज सोनल ग्वाला र एसडिओपीसहित केही प्रहरी कर्मचारीहरू पनि घाइते भएको बताइएको छ ।

छत्तीसगढका उपमुख्यमन्त्री विजय शर्माले कोन्टा-एराबोरा सडकको डोन्ड्रा नजिकै विस्फोटमा घाइते भएपछि एएसपी आकाश राव गिरिपुंजे शहीद भएको जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ । जुन १० मा, माओवादी संगठन ले घोषणा गरेको भारत बन्दको आह्वानलाई ध्यानमा राख्दै पैदल गस्तीमा रहेको प्रहरी टोली विस्फोटमा परेको बताइएको छ ।

छत्तीसगढमा पछिल्लो एक महिनामा शीर्ष माओवादी नेता नम्बल्ला केशव राव उर्फ ​​बसवराजु सहित दुई दर्जन भन्दा बढी माओवादीहरू मारिएका छन् । त्यसको विरोधमा माओवादी संगठनले जुन १० मा देशव्यापी बन्दको आह्वान गरेको थियो ।

घटनापछि, क्षेत्रमा सुरक्षा बढाइएको छ र क्षेत्रमा खोजी अभियान चलाइएको रिपोर्टमा उल्लेख छ ।

एएसपीको मृत्यु छत्तीसगढ भारत
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]