०५ साउन २०८२, सोमबार

मानवताविरुद्ध विज्ञानको प्रयोग हुन थाल्यो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आजको युगमा विज्ञानको प्रयोग मानवहितका लागि मात्रै नभइ अपराधको लागि प्रयोग हुने गरेको बताएका छन् । शुक्रबार अनुसन्धानकर्ता प्रहरी र अभियोगकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलन उदघाटन समारोहमा बोल्दै उनले मानवताको विरुद्ध विज्ञानको प्रयोग भइरहेको बताएका हुन् ।

उनले भने, ‘आजको युगमा विज्ञानको प्रयोगले सकरात्मक पनि दिएको छ सहजता पनि दिएको छ तर यसका नकरात्मक पक्षहरु पनि उजागर भएका छन् । विज्ञानको प्रयोग मानवहितका लागि मात्रै भइरहेका छैनन् मानवताको विरुद्धमा पनि भइरहेका छन् । अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ । त्यसो भएकाले अनुसन्धानकाक्रममा अभियोगका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ ।’

उनले लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ न्याय भएकाले पीडितलाई न्यायको अनुभूति गराउन सक्नुपर्ने बताए । ‘हामी लोकतान्त्रिक व्यवस्थामा छौ । लोकतन्त्रले लोककल्याणकारी राज्यको कुरा गर्छ । त्यसको आधार स्तम्भ न्याय हो । न्याय विस्तृत, बहुआयामिक छ,’ गृहमन्त्री लेखकले भने, ‘जब हामी फौजदारी न्यायको कुरा गर्छौ यसको केन्द्रमा पीडित रहन्छ ।

पीडितलाई हामीले न्यायको अनुभूति गराउन सकौ कि सकेनौ । कुनैपनि फौजदारी वा अपराधिक कार्यबाट आफूलाई पीडित अनुभूति गरेको मानिसलाई न्याय प्राप्त भयो भन्ने कुराको हामीले अनुभूति गराउन सकौ कि सकेनौ त्यो फौजदारी न्यायको मूख्य उद्देश्य हो । त्यसो भएकाले हामीले यो क्षेत्रमा मेहेनतका साथ काम गर्न जरुरी रहेको छ ।’

उनले विज्ञानलाई प्रयोग गरेर संकलन गरेको प्रमाणले प्रतिवादीलाई सहयोग गर्ने खालका धेरै सम्भावना भएकोले ठिकसँग प्रयोग गर्न आग्रह गरे । उनले अनुसन्धानकर्ता र अभियोगकर्ताबिच आपसी समन्वयको जरुरी रहेको बताए ।

विज्ञानको प्रयोग
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]