०५ साउन २०८२, सोमबार

ट्र्याक्टर दुर्घटनामा परी जुम्लामा एक जनाको मुत्यु ४ जना घाइते

मुगु । जुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।सोमबार राती ९ बजे लु २ त १११५ नम्बरको ट्याक्टर जुम्ला एयरपोर्टबाट चन्दननाथ ९ को तलिउम तर्फ जाँदै गर्दा अनियन्त्रित भइ चन्दननाथ नगरपालिका ७ स्थित खल्लाचौरमा दुर्घटनाहुँदा १ जनाको मृत्यु र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रोहित रसाइलीले जानकारी दिएका छन् ।

दुर्घटनाबाट मृत्यु हुनेमा चन्दननाथ नगरपालिका – ९ का वर्ष ४८ का जोखे सार्कीको उपचारको क्रममा गएराती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रसाइलीले बताएका हुन ।

घाइते हुनेमा चन्दननाथ नगरपालिका – ९ तलिउमका वर्ष २९ कि देबु सार्कि, तलिउमकै ३५ वर्षकी मैनामुरली सार्की र चन्दननाथ – ९ तलिउमकै वर्ष ४८ की रंगा सार्की र ट्याक्टर चालक वर्ष २२ का सन्तोष सार्की रहेको रसाइलीले बताएका छन् ।

सडक बाट करिव २० मिटर तल खसेको थियो । अहिले घाईतेहरुलाई उद्धार गरी उपचारको लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुर्याईएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

ट्र्याक्टर दुर्घटनामा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]