०६ साउन २०८२, मंगलबार

जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ गौरीटार रंगशालास्थित एक गाईगोठमा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गत सोमबार दिउँसो पक्राउ गरेको हो ।

गाईगोठमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले हेटौंडा बसोबास गर्ने ४५ वर्षीय दामोदर चौलागाईं, २९ वर्षीय विश्व स्याङ्तान, सुदीप पोख्रेल, प्रदीप ओझा र ५२ वर्षीय बहादुर थिङलाई नियन्त्रणमा लिएको छ ।

घटनास्थलबाट प्रहरीले सात बुक तास, नगद ८१ हजार ३ सय ९० रुपैयाँ र गोटी सहितको काठको लुडोसमेत बरामद गरेको छ । उनीहरूविरुद्ध जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाँच जना पक्राउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]