०५ साउन २०८२, सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो संसद वहिष्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद बहिष्कार गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठक विरोध हुँदा पनि चलेको भन्दै राप्रपाले संसद बहिष्कार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बताए । उनले भने, ‘जनताले दिएको विश्वासलाई घात नगरौं । अन्यायको महल कति दिन टिक्ला र झुटको पर्दाले कति दिन छेकिएला । आज नभए भोलि त ढल्नैपर्छ ।

किनकी सत्यको जित निश्चित हुन्छ । जबसम्म यो भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्दैन् तबसम्म अवरोध जारी रहन्छ । संसदमा एउटा दलको पनि त्यतिकै हैसियत हुन्छ, एकजना सांसदको पनि त्यति नै हैसियत हुन्छ । विरोध हुँदा पनि संसद चल्छ भने राप्रपाले आज पनि संसद बहिष्कार गर्छौ ।’

यस्तै, उनले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएको भन्दै सम्पूर्ण राजनीतिक दल र संसदीय दलका सांसदहरुलाई राप्रपाको तर्फबाट मानव बेचविखनविरुद्ध एकजुट हुन अपिल पनि गरेका छन् । उनले भने, ‘यो भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन् । सम्पूर्णको साझा मुद्दा हो । एकजना गृहमन्त्रीको कुरा होईन, यो १४ वटा गृहमन्त्रीको कुरा हो ।

२०६४ सालदेखिको कुरा हो । त्यसैले सम्पूर्ण राजनीतिक दल र संसदीय दलका सम्पूर्ण सांसदहरुलाई राप्रपाको तर्फबाट अपिल छ हामी एक ठाँउमा आउ । मानव बेचविखनविरुद्ध एकजुट बनौं ।’

गर्यो संसद वहिष्कार
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]