०५ साउन २०८२, सोमबार

१३ वर्षीया नेपाली किशोरीको सीमाबाट उद्धार

रौतहट । एक १३ वर्षीया नेपाली किशोरीलाई विभिन्न निकायको सहयोगमा उद्धार गरिएको छ ।भारतीय शहर रक्सौल सीमामा भारतको सीमा सुरक्षा बल (एसएसबी), जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेसनमा किशोरीको उद्धार गरिएको हो ।

किशोरीलाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजादै गरेको अवस्थामा सीमा क्षेत्रबाट उद्धार गर्न सफल भएको भारतीय सुरक्षा निकायले उल्लेख गरिएको छ ।काठमाडौंबाट किशोरीलाई राम्रो जागिर तथा विहे गर्ने प्रलोभन देखाएर लैजादै गरेको अवस्थामा उद्धार गरिएको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन ।

किशोरीले स्टार मेकर एपमार्फत भारत विहार पूर्वी चम्पारणका शेख रिजवानसग मित्रता भएको र पछि प्रेम सम्बन्धमा परिणत भएको किशोरीले बताइन् । मानव तस्करी रोधी इकाईले तत्काल कारबाही गर्दै किशोरीलाई सुरक्षित राखी रिजवानलाई रक्सौलको हरैया थानामा बुझाएको छ । रिजवानविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान जारी छ ।

सीमाबाट उद्धार
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]