०५ साउन २०८२, सोमबार

भारतीय नागरिक अवैध हतियारसहित काँकरभिट्टाबाट पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा बसपार्कबाट एक भारतीय नागरिकलाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका व्यक्ति भारत पश्चिम बंगाल, सिलिगुढी निवासी ३५ वर्षीय जय प्रकाश कुमार पाठक हुन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लामाको नेतृत्वमा खटिएको टोलीले भारतीय नम्बरप्लेटको कार जाँच गर्ने क्रममा सिटमुनी लुकाई राखिएको एक थान एयर पेस्तोल, पाँच राउन्ड एयर बुलेट तथा दुई थान खुकुरी फेला पारेको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेका पाठकमाथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

काँकरभिट्टाबाट पक्राउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]