०५ साउन २०८२, सोमबार

जनप्रतिनिधिहरुले काम नै गरेनन भनेर सुनुयोजित तरिकाले दुस्प्रचार भयो ःमन्त्री सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिहरुले काम नै गरेनन भन्ने सुनुयोजित तरिकाले दुस्प्रचार गरिएको बताएका छन । सोमबार गोकर्णेश्वर नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै उनले गोकर्णेश्वर नगरपालिकाको जस्तो राम्रो कामलाई अगाडि बढाउन सकेको खण्डमा वर्तमान व्यवस्था ठिक छैन भन्ने भ्रम पैदा गर्नेहरुलाई कडा जवाफ हुने बताए ।


उनले भने, ‘अहिले जनप्रतिनिधिहरुले काम गरेन भन्ने एउटा सुनुयोजित तवरले सिस्टमले काम नै गर्न सक्दैन् भन्ने दुस्प्रचार गरिरहेको छ । मलाई लाग्छ यस्ता राम्रा काम गरेको पालिकाहरुको कामलाई अगाडि बढाएको खण्डमा यो व्यवस्था नै ठिक छैन भनेर आम जनतामा भ्रम पैदा गर्नेहरुलाई कडा जवाफ हुने छ ।’


उनले गोकर्णेश्वरले सेवालाई सुव्यवस्थित गरेको भन्दै सबै पालिकाहरुले आधुनिक उपकरणहरुको सदुपयोग गरेर सेवा दिने काममा गोकर्णेश्वरको देखासिखी गर्नुपर्ने बताए । उनले भने, ‘मलाई लाग्छ अरु नगरपालिका र गाउँपालिकाले पनि यो गोकर्णेश्वर नगरपालिकाले जस्तै सेवालाई सुव्यवस्थित गर्नको लागि, अझ सहज गर्नको लागि आधुनिक उपकरणहरुको सदुपयोग गरेर सेवा दिने काममा यसको देखासिखी गर्यो भने राम्रो हुन्छ ।’

काम नै गरेनन भनेर
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]