०५ साउन २०८२, सोमबार

मधेश प्रदेश सभामा संसदीय छानबीन विशेष समिति गठन

जनकपुर । मधेश प्रदेश सभाले संसदीय छानबीन विशेष समिति गठन गरेको छ ।

विगत लामो समयदेखि जनता समाजवादी पार्टी नेपाललगायतका प्रमुख प्रतिपक्षका सांसदहरुले उठाउँदै आएको आर्थिक अनियमितता, संसदीय विकास कोषको रकम अपचलन, मुख्यमन्त्री सतिश कुमार सिंहको भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंगको भेटलगायतका विषयहरु लिएर विरोध गर्नुका साथै छानबीन समिति गठन गर्न माग गर्दै आएका थिए ।

हिजो (बुधबार) बैठक बस्ने बित्तिकै प्रमुख प्रतिपक्षले अवरोध गरेपछि बैठक आजका लागि स्थगित गरिएको थियो ।बजेट ल्याउने समय एकदम नजिक भएकोले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेश सरकारका आर्थिक वर्ष २०८१/०८२ को विकास योजना तथा कार्यक्रमका सम्बन्धमा प्रदेश सभा बेठकमा सांसदहरुबाट उठेको गुनासोहरुलाई मध्येनजर गर्दै सत्यतथ्य छानबीन गर्न प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १५२ बमोजिम संसदीय छानबीन विशेष समिति गठन गरिएको जानकारी दिए ।
छानबीन विशेष समितिमा सांसद केशव राय, सांसद कुमरकान्त झा, सांसद किरण कुमारी, सांसद सम्भुकुमार साह, सांसद रोहबर अन्सारी, सांसद रमिता प्रधान, सांसद कनिश पटेल, सांसद उर्मिला देवी सिंह, सांसद कन्चन विच्छा र सांसद बिमला अन्सारी तरन्नुम रहेका छन् ।

मधेश प्रदेश संसदीय छानबीन
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]