०५ साउन २०८२, सोमबार

मुख्यमन्त्री सिंहको चिन्ता : ‘शिक्षा नाजुक बन्दै, स्थानीय तहले नेतृत्व लिनुपर्छ’

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली नाजुक बन्दै गएको भन्दै स्थानीय तहलाई सुधारको नेतृत्व लिन आह्वान गरेका छन्

मंगलबार महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभालाई सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा गिरावट, शिक्षक र अभिभावकको लापरबाही तथा लागूऔषध दुव्र्यसनको समस्या गम्भीर बन्दै गएको बताएका हुन् ।
‘मधेशका जनशक्ति विगतमा शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा देशका विभिन्न भागमा नेतृत्व गर्थे,’ मुख्यमन्त्री सिंहले भने, ‘तर आज मधेशकै शिक्षा अवस्था नाजुक बनेको छ। स्थानीय तहले अब नेतृत्व लिनैपर्छ।’

उनले सरकारी विद्यालयमा भर्ना भएपछि अभिभावक र शिक्षक दुवैले जिम्मेवारी पूरा भयो भन्ने बुझाइ राख्ने प्रवृत्तिका कारण विद्यालय तहमा संकट गहिरिएको उल्लेख गरे। ’एक अर्कालाई देखाएर जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले सामुदायिक विद्यालयमा अध्ययनको गुणस्तर कमजोर भएको छ,’ सिंहको भनाइ थियो।

मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयमा लापरबाहीले गर्दा विद्यालय तहका बालबालिका लागूऔषधको दुव्र्यसनमा फसिरहेको चेतावनीसमेत दिए।

उनले भने, ’विद्यालय शिक्षा सुधार गर्ने मुख्य जिम्मेवारी शिक्षकको काँधमा छ। लागूऔषधको दुव्र्यसन विद्यालयमै फैलिएको छ, यसलाई सामाजिक रूपमा नियन्त्रण गर्न ढिलो भइसकेको छ।’
मुख्यमन्त्री सिंहले निजी विद्यालयमाथि पनि कटाक्ष गरे। उनका अनुसार, ‘मधेशका निजी विद्यालयहरू विद्यार्थीको क्षमता विकासमा होइन, केवल प्रमाणपत्र वितरणमा सीमित छन्।

सिंहले सामुदायिक र निजी विद्यालय दुवैको गुणस्तरमा सुधार गर्न स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतले सक्रिय भूमिका लिनुपर्नेमा जोड दिए।
सभामा नगर प्रमुख प्रदीपकुमार खड्काले आर्थिक वर्ष २०८२÷८३ का लागि ४५ करोड २७ लाख ७७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।

मुख्यमन्त्री सिंह शिक्षा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]