०५ साउन २०८२, सोमबार

माधव नेपाललाई अध्यक्षबाट हटाउने विषय प्राथमिकतामा छैन् ः पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई पार्टीभित्रको जिम्मेवारीबाट हटाउने नहटाउने कुरा पार्टीको विधान अनुसार हुने बताएका छन् ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपश्चात उनले अध्यक्षको सांसद पद निलम्बन हुनु कानूनी व्यवस्था भएको भन्दै यसलाई जोडेर पार्टीभित्रको जिम्मेवारीबाट पनि निलम्बन गर्नुपर्छ भन्ने कुरा नमिल्ने बताए । उनले भने, ‘यस्तो मुद्दा राजनीतिकर्मीहरुलाई आइराख्छ ।


त्यसकारण मुद्दा एउटा ठाँउमा होला, संसदीय फाँटको काम एउटा ठाँउमा हुन्छ । पार्टीको कामको फाँट प्रक्रिया अर्को ठाँउमा हुन्छ । त्यसकारण मुद्दा लागिसकेपछि सांसद पद स्वत निलम्बन भएको छ । त्यो कानूनी व्यवस्था हो । तर यसलाई जोडेर पार्टीभित्रको जिम्मेवारीलाई पनि त्यसैगरि निलम्बन गर्नुपर्छ भन्ने कुरा रहदैँन् । पार्टी पद्धती, विधान जस्तो छ त्यही हिसाबले अगाडि बढ्ने हो ।’यस्तै, उनले आजको समय विचारहरु राख्ने र जिल्ला, प्रदेशको रिपोर्टिङमै गएको भन्दै भोलीको बैठकले निर्णय निकाल्न सक्ने बताए ।

अध्यक्षबाट हटाउने विषय
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]