Blurkart

२३ भाद्र २०८२, सोमबार

गौशाला प्रहरी वृत्तको थुनामा रहेका आरोपीमाथि निर्घात कुटपिट

काठमाडौँ । काठमाडौँको प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका थुनुवामाथि कुटपिट भएको छ । थुनामा रहेका अनिल बिसंखेलाई अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले कुटपिट गरेका हुन् ।

धादिङ घर भएका बिसंखे एकजना पूर्वसैनिक अधिकृतको घरमा ल्यापटप लगायतका ग्याजेट चोरेको आरोपमा पक्राउ परेका थिए । अनुसन्धानको क्रममा सादा पोसाकमा कार्यरत प्रहरी जवान मदन भण्डारीले उनलाई कुटपिट गरेको आरोपीको परिवारका एकजना सदस्यले रातोपाटीलाई बताए । कुटपिटमा संलग्न प्रहरी जवान भण्डारी ५ वर्षदेखि गौशाला प्रहरी वृत्तमा कार्यरत छन् ।

कुटपिटबाट आरोपीको बायाँ गालाको माथिल्लो भागको हड्डी फुटेको छ । चेकजाँच गराउँदा ४ लाख उपचार खर्च लाग्छ भनेर अस्पतालले भनेको पीडित पक्षको भनाइ छ ।

यसबारे बुझ्दा प्रहरी वृत्त गौशालाका डीएसपी सुकदेव खनालले आरोपीमाथि कुटपिट भएको अस्वीकार गरे । उनले भने, ‘त्यो नामुद चोर हो, थुनुवाहरूलाई नियमित मेडिकल चेकअप गराएर नै थुनामा राख्ने गरिएको छ ।’

हिरासतमा राख्दा थुनुवाको मानवअधिकारको सम्मान गर्नुपर्ने र कुटपिट गर्न नहुने प्रहरी आचारसंहितामा उल्लेख भएपनि कतिपय प्रहरी अधिकृतहरूले आचार संहिता उल्लङ्घन गर्ने गरेका छन् । प्रहरी कर्मचारीहरूले अनुसन्धानको नाममा यातना दिँदा यसअघि थुनुवाको मृत्यु समेत भएको घटना बाहिरिने गरेका थिए ।

गौशाला प्रहरी वृत्त
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]