०५ साउन २०८२, सोमबार

रक्सीको बोतल र गिलाससहित अजय महरा मृत भेटिए

सिरहा । अर्नमा गाउँपालिकाको वडा नं १ बुढियाचाप गाउँमा एक दलित युवाको शव फेला परेको छ । मृतक स्थानीय ३४ वर्षीय अजय महरा हुन्

घरबाट करिब एक किलोमिटरको दुरीमा मुनिफ अली मन्सुरीको धानखेत नजिक महराको शव फेला परेको हो । मन्सुरीले खेतमा बाली कुर्न बनाएको मचान छेउमा शव फेला परेको हो ।
स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बीरेन्द्र पासवानका अनुसार सूचना पाउना साथ घटनास्थलमा गएर अनुसन्धान थालिएको छ ।

मृतक महराको शवमा घाँटीमा प्लास्टिक बेरिएको अवस्थामा भेटिएको घटनास्थल प्रकृति देखिएको छ । शवको छेउमा रक्सीको बोतल र गिलास पनि फेला परेको छ । मृतकको शव पोष्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
स्थानीयले बताए अनुसार शुक्रबार राति अवेरसम्म मृतक महरा घरमै थिए । बिहान एक्कासी उनको शव भेटियो । उनी शुक्रबार राति ९ बजे पत्नीलाई भनेर घरबाट निस्किएका थिए ।
प्रहरीले घटना शंकास्पद भएपनि कुनै सुराक फेला नपरेको जनाएको छ । मृतक महराका दुई छोरा र एक पत्नी छन् । उनी मजदुरी गरेर परिवार पाल्दै आएका थिए ।

मृत
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]