
काठमाडौं । सभामुख देवराज घिमिरेले नीति र विधि अनुसार आर्थिक विधेयक असार मसान्तभित्र पास गर्नुपर्ने भएकाले जबरजस्ती पेलेरै संख्या पुर्यनएर भएपनि सदन चलाउनुपरेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा विरोध, अवरोध भएपनि मिलाउन नसकेको खण्डमा जबरजस्ती संख्या पुर्याएर भएपनि सदन चलाउनपर्ने बाध्यता रहेको बताए ।
उनले भने, ‘वर्खे अधिवेशनमा विधि अनुसार आर्थिक वर्ष अर्थात असार मसान्तभन्दा अगाडि आर्थिक विधेयक पास गर्नुपर्छ । त्यो पास गर्न विरोध अवरोध सबै कुरालाई मिलाएर अघि बढ्नुपर्ने अवस्था छ । भएनभने जबरजस्ती गरेर संख्या पुर्याएर पास गर्ने परम्परा छ ।
अहिले पनि बजेट अधिवेशनमा सांसदभित्र अवरोध, विरोध र अनुचित ढङ्गका आग्रह पूर्वाग्रह कायम छ । बजेट अधिवेशन प्रभावित हुँदाहुँदै पनि जबरजस्ती निश्चित समयभित्र पारित गर्नुपर्ने अवस्था छ । प्रक्रिया पूरा गर्नपर्ने.हुँदा गरिरहेको छौं । यो ठिक कि बेठिक या यसरी सदन चलाउन हुन्छ कि हुँदैन, यसरी चलाउँदा कसको दायित्व के हो, सरकार र प्रतिपक्षको दायित्व के हो ? उठेको विषय र त्यसको निधान के हो त्यसमा ध्यान जानुपर्छ ।’
संसदीय व्यवस्था र प्रणालीमाथि नै चुनौती खडा भइरहेका भन्दै इमानदारिताका साथ यो व्यवस्थालाई प्रभावकारी एवम जनताको प्रतिनिधि बसेर कानुन बनाउने र शासन बनाउने ठाउँ बनाउनुपर्ने धारणा राखे ।
सरकार संसदप्रति उत्तरदायी हुन आवश्यक छ : अध्यक्ष दाहाल
सोही कार्यक्रममा बोल्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले धेरै थरिका सोच, प्रवृति र दृष्टिकोण भएको संसद भएकाले यसलाई सहज व्यवस्थापन गरेर अगाडि बढ्न कठिनाइ भएको बताए । त्यस्तै उनले कानुन निर्माणमा साँच्चिकै ढिलो भएको हो कि भन्ने अनुभव आफूलाई भएको पनि सुनाए ।
उनले भने,‘समयमा ऐन कानुन निर्माण गर्न सकेको छौं कि छैनौं । परिस्थितिले दिएको छैन् । अथवा धेरै थरीका सोच,प्रवृति र दृष्टिकोण भएका संसदहरु भएकाले यसलाई सहज व्यवस्थापन गरेर अगाडि बढ्नपर्छ । यसमा केही कठिनाइ भएको हो जस्तो लाग्छ । ऐन कानुन निर्माणमा साच्चिकै ढिला भएको हो कि भन्ने अनुभव भएको छ ।’
अध्यक्ष दाहालले संसदमा सांसदहरुले उठाएका जनताका समस्याहरुलाई समयमा नै सम्बोधन गर्न र संसदप्रति उत्तरदायी हुने सवालमा सरकार गम्भीर हुन आवश्यक रहेको बताउँदै भने,‘संसदमा सांसदहरुले उठाएको जनताका समस्याहरुलाई समयमा नै सम्बोधन गर्न र संसदप्रति उत्तरदायी हुने सवालमा सरकार गम्भीर हुन आवश्यक छ ।’
‘प्रजातान्त्रिक व्यवस्थाको मूल आधारका रुपमा रहेको विधायिका बलियो हुँदा नै लोकतन्त्र सबल हुन्छ ’त्यस्तै उपसभामुख इन्दिरा रानाले प्रजातान्त्रिक व्यवस्थाको मूल आधारका रुपमा रहेको विधायिका बलियो हुँदा नै लोकतन्त्र सबल हुने बताइन् ।
जनताबीच संसद्प्रति विश्वास बढाउने काम स्वयं सांसदबाटै सुरु गर्न उनले आग्रह समेत गरिन् ।
उनले भनिन्,‘संसद् नागरिकको आवाज, आकाङ्क्षा, विचार र आवश्यकता बोकेको संस्था हो, जसले नीति, कानुन, योजना र अनुगमनमार्फत शासन व्यवस्था गतिशील राख्न महत्वपूर्ण भूमिका खेल्दछ । लोकतन्त्र बलियो बन्नका लागि संसद्लाई बलियो र प्रभावकारी बनाउनुपर्छ ।’संसद् जनप्रतिनिधिको साझा थलो भए पनि व्यवहारमा दलगत स्वार्थले संसद्लाई बन्धक बनाउँदै लगेको चिन्ता व्यक्त गरिन् ।
सदन सभामुख