
सप्तरी, गंगाजली – सप्तरी जिल्लाको गगजली नदी क्षेत्रमा भइरहेको अवैध उत्खननमा सरकारी वन कर्मचारी स्वयं संलग्न रहेको पाइएको छ। स्रोतका अनुसार डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सूभा चन्द्र दास स्वयं अवैध बालुवा, गिट्टी उत्खननको संरक्षण र प्रोत्साहनमा संलग्न छन्।
स्थानीय बासिन्दाहरूले लामो समयदेखि गंगाजली नदीमा भइरहेको बेतोड उत्खननबारे आवाज उठाउँदै आएका थिए। तर, सम्बन्धित निकायले कुनै पनि नियन्त्रणका प्रयास नगरेको आरोप लाग्दै आएको छ। यसबाट आशंका गरिँदै आइएको थियो कि वनका केही कर्मचारी स्वयं माफियासँग मिलेमतोमा छन्।
उक्त क्षेत्रमा रातिको समयमा ट्रिपर, ट्र्याक्टर, एक्साभेटर प्रयोग गरी बालुवाको दोहन भइरहेको छ। स्थानीय जनप्रतिनिधि र डिभिजन वन कार्यालयका कर्मचारीहारुलाई बारम्बार जानकारी भए पनि नियन्त्रण गर्न कुनै चासो देखाएको छैन। बरु कर्मचारीहरू स्वयं मिलोमतोमा संलग्न रहेको देखिएको छ।
यसरी वन क्षेत्रभित्र अवैध दोहन हुँदा वातावरणीय क्षति मात्र होइन, सरकारी राजस्व समेत नोक्सान भइरहेको छ। डिभिजन प्रमुख सूभा चन्द्र दास माथि गम्भीर छानबिन हुनुपर्ने स्थानीय नागरिक समाजले माग गरेको छ।
स्थानीयवासीहरुको भनाइमा, “हामीले बारम्बार जानकारी गर्दा पनि सुनुवाइ भएन, किनकि माथिबाटै संरक्षण छ।