२७ साउन २०८२, मंगलबार

अपडेट : सुनसरीमा बस र विङ्गर ठोक्किँदा ४ जनाको मृत्यु, २३ जना घाइते, नामावली सहित

सुनसरी । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवा टोलस्थित सडक खण्डमा आज बिहान भएको बस र विङ्गर माइक्रोको ठक्करमा ४ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) योगराज खतिवडाका अनुसार, बिहान करिब ७स्१५ बजे काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको मातृ डिलक्स बस र सप्तरीको राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ज ००४८ नम्बरको विङ्गर माइक्रो ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा सुनसरी कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा, सप्तरी मधावे गाउँपालिका–६ का ३५ वर्षीय शंकर मण्डल, विराटनगरका अशोक यादव र अन्य एक अन्दाजी ४५–५० वर्षीया महिलाको मृत्यु भएको छ। घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर, १२ जनाको मध्यम र बाँकीको सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, तीव्र गतिमा रहेको विङ्गरले बसलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने विङ्गर चालक घाइते भएकाले उपचाररत छन्।

घाइतेहरुलाई ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहा, जिल्ला अस्पताल ईनरुवा र अन्य अस्पतालमा उपचारका लागि पठाइएको छ। केहीलाई थप उपचारका लागि बिराटनगर रिफर गरिएको छ।

मृतक र घाइतेहरुको नामावली प्राप्त विवरणअनुसार:-

मृतक : लक्ष्मण सदा (७०), कोशी गा.पा.६, सुनसरी शंकर मण्डल (३५), मधावे गा.पा.–६, सप्तरी अशोक यादव, विराटनगर अन्दाजी ४५–५० वर्षीया महिला (पहिचान खुल्न बाँकी)

घाइते : अम्बिका राई (सुनसरी), निरुता परियार (खोटाङ), निर्मल परियार (३८), रविन्द्र प्र. मण्डल (सप्तरी), रेनुका श्रेष्ठ (५०), खगेन्द्र थापा (३८), सन्तोष खत्री (५३), दीपक विक (२०), सविन राई (३६), रविन्द्र मेहता, जिवछ महात्मा (६८), नेत्रलाल गिरी (८४), केदार गिरी (३९), सत्य राई (२०), रुद्र राय (१०, सोभा यादव (४८), प्रमोद रजक (४४), रवि राय (२२), भोला यादव (२४), प्रदिप यादव (३५), जोगिन्द्र दास (६०), अमृता राय (३०), सन्तोष बास्तोला (२१) लगायत।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रदेश प्रहरी अस्पताल ईनरुवा तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको प्राविधिक टोली खटिएको थियो। उद्धारपछि हाल सडक अबरुद्ध नभएको प्रहरीले जनाएको छ।

सुनसरी
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]