२६ साउन २०८२, सोमबार

बसको ठक्करबाट सप्तरीमा एक जनाको मृत्यु

राजविराज । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । स्थानीय सीतापुरका ६८ वर्षीय बुदुर चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना प्र १–०१–००१ ख ४५६० नम्बरको बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चाँदनी चोकमा सोही पूर्वतर्फ जाँदै गरेका साइकलमा सवार चौधरीलाई पछाडिबाट ठक्कर दिएको थियो ।
चौधरी आफ्नो धानखेततर्फ जाँदै थिए । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीय र मृतकका आफन्तले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको चाँनदी चोकमा सडक अवरुद्ध गरेका छन् । अवरोधका कारण सयौँ सवारीसाधन सडकमा थन्किएका छन् र हजारौँ यात्रुबिच बाटोमै अलपत्र परेका छन् ।

#सप्तरी बसको ठक्कर मृत्यु
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]