२१ बैशाख २०८२, आइतबार

विराटनगरमा नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका १३ स्थित एक किराना पसलमा नक्कली भारतीय नोट प्रयोग गर्न खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकी व्यक्ति भारत बिहार राज्यको अररिया जिल्लाकी १९ वर्षीया सिम्पी बैसन्ति रहेको प्रहरीले जनाएको छ।

वैशाख १६ गते सामान किन्ने क्रममा सिम्पीले भारतीय ५ सय रुपैयाँको नोट पसलेलाई दिएकी थिइन् । सो नोट नक्कली भएको शंका लागेपछि पसलधनीले तत्काल प्रहरीलाई जानकारी गराएका थिए।

सूचनापछि इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सिम्पीको साथमा जाँच गर्दा भारतीय ५ सय दरका ७ थान नक्कली नोट र नेपाली ३ हजार १ सय रुपैयाँ फेला परेको थियो।

प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही अगाडि बढाइएको छ। साथै, नक्कली नोटको स्रोत र संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

नोटसहित एक भारतीय नागरिक पक्राउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]